शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेपाल किसान महासंघ झापाको अध्यक्षमा विमल निरौला सर्वसम्मत

शनिवार, फागुन २७, २०७९

बिर्तामोड ।  नेपाल किसान महासंघ झापाको नवौं जिल्ला सम्मेलनले विमल निरौलालाई अध्यक्ष चयन गरेको छ ।
झापाको विर्तामोड स्थित एमाले जिल्ला पार्टी कार्यालयमा भएको सम्मेलनले शुक्रबार  दमक निवासी निरौलालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

सम्मेलनले  महासंघको जिल्ला उपाध्यक्षमा कर्णखर प्रसाई हल्दीवारी ,सचिवमा छविलाल गुरागाई र सहसचिवमा प्रेम पुरी कनकाई र कोषाध्यक्षमा धनमाया सुब्बालाई सर्वसम्मत रुपमा चयन गरेको नेकपा एमाले झापा कार्यालय सचिव छवि विश्वकर्माले जानकारी दिनु भयो ।

देवराज अधिकारी ,डिल्ली निरौला, डम्वर निरौला र नोख बहादुर भण्डारी, तिलरुपा ओली ,देवी आचार्य ,सपना निरौला र गोमा सुवेदी लगायत ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेको किसान महासंघले जनाएको छ ।

किसान महासंघको निर्वतमान अध्यक्ष गोपाल चुडालको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा किसानको पक्षमा ,किसान महासंघ सम्वद्र्धन र संरक्षणमा योगदान पुराएका ४जनालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा पूर्व प्रतिनिधि सभाका साँसद तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य तारा सम याङया,यज्ञ कडरिया र सीता दाहाललाई नेकपा एमालेका स्यायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेल र पार्टीको जिल्ला अध्यक्ष दिपक कार्कीले सम्मान गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि खरेलले हरेक किसानले वाली लगाउनु पूर्व मलखाध पाउनु पर्ने पहिलो अधिकार भएको बताउनु भयो ।
मलखाध लगातयको अधिकार पाउन सबै किसान एक जुट हुनपर्ने नेता खरेलले बताउनु भयो ।एमाले झापा अध्यक्ष कार्कीले सरकारवालाले बिकास भनेको पूर्वधार मात्र हो भन्ने साँघुरो बुझाइ रहेको कारण कृषि क्षेत्रको बिकास हुन नसकेको बताउनु भयो ।
किसान महासंघका नेता बेनु शिवाकोटीले किसानको मुद्धा किसानले चासो नदिदा कृषि क्षेत्रको बिकासमा समस्या भएको बताउनु भयो ।

सम्बन्धित खबर