Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विश्वकप एसिया छनोटः नेपालद्वारा हङ्कङ पराजित
बुधवार, वैशाख ३, २०८२
काठमाडौँ, ३ वैशाखः आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तेस्रो जित निकालेको छ । आजको खेलमा नेपालले हङ्कङलाई नौ विकेटले हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो ।
हङ्कङले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य नेपालले १२ दशमलव तीन ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट पनि अविजित रहँदै ३९ रन जोडे । नेपालका लागि नीरज यादवले २३ रनको योगदान दिए । नेपालले अतिरिक्त नौ रन प्राप्त गरेको छ ।
हङ्कङका लागि शयन पुरीले एक विकेट हात पारे । तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ४६ दशमलव दुई ओभरमा अलआउट हुँदै एक सय १५ रन बनाएको हो ।
हङ्कङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रनको योगदान दिँदा अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
नेपालका लागि युवराज खत्रीले सर्वाधिक चार विकेट लिए । विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट हात पारेका हुन् ।