Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सभामुख घिमिरेद्वारा बिर्तामोडका तीन वटा सडकको अनुगमन
बुधवार, वैशाख ३, २०८२
बिर्तामोड, ३ बैशाख : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिर्तामोडका विभिन्न तीन वटा सडकको अनुगमन गर्नु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, वडा नम्बर ९का वडाअध्यक्ष हरिप्रसाद चौलागाई सहितको टोलीले स्तरोन्नतीमा रहेका हर्कलाल मार्ग, गोकुलजोशी मार्ग र चन्द्र मार्गको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सभामुख घिमिरेले मापदण्डका आधारमा रहेर निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिनु भयो । यस्तै नगर प्रमुख पवित्रा महतारा प्रसाईले तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि अनुगमनलाई निरन्तरता दिने बताउनु भएको छ ।
हर्कलाल मार्ग, गोकुल जोशी मार्ग र सहिद चन्द्रमार्गमा धमाधम काम भईरहेको छ । गोकुल जोशी र हर्कलाल मार्गमा विभिन्न खण्डमा काम भईरहेको सडक डिभिजन कार्यालय दमकका ईन्जियिर सुशान्त सुवेदीले जानकारी दिनु भयो । सबै योजनाहरुको ठेक्का म्याद यहि आर्थिक वर्षको अन्त्यसम्म मात्र रहेको छ ।