बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

स्ववियु निर्वाचन : गरामनी क्याम्पसमा अनेरास्ववियु निर्विरोध निर्वाचित

शनिवार, फागुन २७, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–७ मा रहेको गरामनी क्याम्पसमा स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले मात्रै मनोनयन दर्ता गराएको छ ।
एमालेको विद्यार्थी संगठनले मात्रै मनोनयन दर्ता गरेपछि स्ववियुमा अनेरास्ववियुबाट उम्मेदवारी दिनेहरु निर्विरोध निर्वाचित भएका छन् । त्यसको औपचारिक घोषणा हुन बाँकी छ ।
अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिमा सन्तोष तिम्सिनाले उम्मेदवारी दर्ता गराएका थिए भने सचिवमा योगेश पाठक, कोषाध्यक्षमा विमला गिरी, सदस्यहरुमा रोजिना बुढाथोकी, टेकनाथ कडरिया र ममता सुन्दासले उम्मेद्वारी दर्ता गराएको अनेरास्ववियु झापाले जनाएको छ । उनीहरु सबै निर्विरोध भएका छन् ।
गरामनी क्याम्पसमा अन्य विद्यार्थी संगठनहरुले उम्मेदवारी नदिएपछि झापाबाट अनेरास्ववियुले जीतको खाता खोलेको छ ।

सम्बन्धित खबर