Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
स्ववियु निर्वाचन : गरामनी क्याम्पसमा अनेरास्ववियु निर्विरोध निर्वाचित
शनिवार, फागुन २७, २०७९
बिर्तामोड । झापाको बिर्तामोड–७ मा रहेको गरामनी क्याम्पसमा स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले मात्रै मनोनयन दर्ता गराएको छ ।
एमालेको विद्यार्थी संगठनले मात्रै मनोनयन दर्ता गरेपछि स्ववियुमा अनेरास्ववियुबाट उम्मेदवारी दिनेहरु निर्विरोध निर्वाचित भएका छन् । त्यसको औपचारिक घोषणा हुन बाँकी छ ।
अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिमा सन्तोष तिम्सिनाले उम्मेदवारी दर्ता गराएका थिए भने सचिवमा योगेश पाठक, कोषाध्यक्षमा विमला गिरी, सदस्यहरुमा रोजिना बुढाथोकी, टेकनाथ कडरिया र ममता सुन्दासले उम्मेद्वारी दर्ता गराएको अनेरास्ववियु झापाले जनाएको छ । उनीहरु सबै निर्विरोध भएका छन् ।
गरामनी क्याम्पसमा अन्य विद्यार्थी संगठनहरुले उम्मेदवारी नदिएपछि झापाबाट अनेरास्ववियुले जीतको खाता खोलेको छ ।