बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक

बिहिवार, वैशाख ४, २०८२

काठमाडौँ, ३ वैशाखः सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, बाहिर उत्पन्न भएका क्रिया प्रतिक्रियाबारे समीक्षा भएको हो ।

गृहमन्त्री रमेश लेखकले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उहाँले समसामयिक नियमित विषयमा सकारात्मक छलफल भएको बताउनुभयो । “दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक बसेको हो । समसामयिक विषयमा राम्रो छलफल भएको छ”, उहाँले भन्नुभयो, “सत्ता सञ्चालनका विषयमा कुनै समस्या छैन । बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या छैन । दुई शीर्ष नेतासहितको बैठकमा सौहाद्र्रपूर्ण र सकारात्मक कुराकानी भयो ।”

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालनको विषयबारे समीक्षा भएको बताइएको छ ।

गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले संसद्को आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी हुनुहुन्थ्यो । एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो ।

यस्तै, कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री डा आरजुराणा देउवा सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित खबर