Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
बिहिवार, वैशाख ४, २०८२
काठमाडौं, ४ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबारको कार्यसम्पदान समितिको बैठकको निर्णय सुनाउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्रमा प्रदर्शन गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, “वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ९ गते ७७ जिल्लामा विरोधसभा, धर्ना, प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।”
उहाँले सरकारले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार संकुचित गरेको आरोप समेत लगाउनु भयो । “यहाँ गर्नू, यहाँ नगर्नू भनेर निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ । त्यसको विरुद्ध निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो ।
बैठकले उपत्यकामा वडा तहसम्म पुग्ने र संगठनलाई मजबुत बनाउने निर्णय गरेको छ । चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।