Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
शुक्रवार, वैशाख ५, २०८२
ताप्लेजुङ, ५ वैशाख : विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव आजदेखि आइतबार (५ देखि ७ गते)सम्म सञ्चालन हुने छ ।
महोत्सवको उद्घाटन आज गरिने छभने तीनदिने महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधि हुनेछन् ।
परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा ताप्लेजुङका छ जना कञ्चनजङ्घा आरोहीलाई सम्मान गरिने छ । सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्यावु शेर्पा र लाक्पा शेर्पा रहनुभएको छ । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुने यस महोत्सवले संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलोपटक सफल आरोहण गरेका थिए । सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आएको भए पनि पहिलो सफल आरोहण १९५५ मा भएको थियो ।