शनिवार, साउन १६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Her gün yeni kampanyalarla kazanç şansını artıran paribahis sektörde fark yaratıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Kumarhane eğlencesini online yaşatan casinomhub büyük ilgi görüyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

सडक कालोपत्र हुन थालेपछि किसानलाई सहज

शनिवार, वैशाख ६, २०८२

इलाम,६ वैशाखः सूर्योदय नगरपालिकामा स्थानीय सडक ३३३ वटा छन् । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारमा छुट्याइएका ती सडक १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर ग्राभल र ६६८ दशमलव ९३ किमी कच्चि(माटे) बाटो रहेको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताउनुभयो ।

नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिना सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने योजनाअनुसार चार वर्षअघि नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियोे । गुरुयोजनाअनुसार २८ वर्षमा नगरभित्रका सडक निर्माण भइसक्ने उल्लेख छ । हालसम्म १३ दशमलव पाँच किमी कालोपत्रे, ८३ दशमलव ०८ किमी ग्राभल गरिएको छ भने ६६८ दशमलव ९३ किमी सडक स्तरउन्नतीको क्रमममा रहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

उहाँका अनुसार, नगरपालिकाभित्र स्ट्राटेजिक रोड नेटवर्क(एसआरएन) अन्तर्गतका ठुला तीन सडक छन् । जसअनुसार पर्ने मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–श्रीअन्तु सडकको कालोपत्रे ४८ दशमलव २० किमी, ग्राभल २ दशमलव ४५ किमी र माटेबाटो २ दशमलव ४१ किमी पर्छ । सूर्योदयमा डिस्ट्रिक्ट रोड केयर नेटवर्क (डीआरसीएन) अन्तर्गत १० दशमलव ८३ किमी कालोपत्रे, १६ दशमलव १२ किमी ग्राभल र ३६ दशमलव ५६ किमी मोटर बाटो छन् ।

सडकको व्यवस्थित र योजनावद्ध तरिकाले निर्माण गरी जनताको जिवनस्तर सुधार गर्न नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाइएको नगरप्रमुख राईको भनाइ छ । “पुरानै शैलीमा सडक निर्माणका काम गरिए नगरभित्रका सडक पुरै ग्राभेल गर्न १२८ वर्ष लाग्ने देखियो ।” उहाँले भन्नुभयो, ‘“जनताका घरमा पुग्ने सडकको व्यवस्थित तरिकारले स्तरोउन्ती गर्ने कामका लागि गुरुयोजना बनाएरै सडक पूर्वाधार निर्माण सुरुआत गरेका थियौँ । अहिले काम धमाधम छ ।”

सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आगन छेउको बाटो कालोपत्रे भइरहेको देख्दा सपनाजस्तै लागेको छ । बाटोको डिलमा उभिएर निर्माण नियाल्दै उहाँले भन्नुभयो, “हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना होकी जस्तो लागिरहेको छ ।” उहाँमात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका गाउँका नागरिक स्थानीय सरकारले बाटो कालोपत्रे गर्न सुरु गरेपछि उत्साहित देखिएका छन् ।

सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जाडिने मुख्य बाटोका रूपमा रहेका ती सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नति गर्दै आएको नगरपालिकाले यतिबेला उक्त सडक कालोपत्रेको चरणमा पुर्र्याएको छ । गाउँमा सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहित भएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्राभल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक÷एक वटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रेको चरणमा आएको नगरपालिकाका सिभिल इञ्जिनियर सापकोटाले बताउनुभयो ।

नगरभित्रका सडक २७ वर्षभित्र ग्राभेल गर्नका लागि हरेक पाँच वर्षमा ५९ करोड रुपैयाँ खर्च नगरपालिकाले गर्नुपर्ने हुन्छ । यो रकम सडकको सर्भे, वातावरण संरक्षण, सडक चौडा र सडक स्तरउन्नतीमा लाग्ने खर्च हो । पाँच वर्षमा ५९ करोडको ५ प्रतिशत वातावारण संरक्षण, ५ प्रतिशत सर्भे ढाँचा, १५ प्रतिशत सडक चौडा र ७५ प्रतिशत सडक ग्राभेलमा खर्च हुने गुरुयोजनामा उल्लेख छ । अहिलेको दररेट अनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि तीन अर्ब २० करोड २७ वर्षभित्र खर्च गर्नुपर्ने छ ।
गाउँ–गाउँमा सडक कालोपत्रे हुन थालेपछि यहाँका कृषि उपज बजारसम्म पुर्याउन किसानलाई सहज भएको छ । सूर्योदय–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमाक्षेत्र मानेभञ्ज्याङ बजारमा बिक्री गर्न लैजानुहुन्छ । पैदल यात्रा गर्न करिब तीन घन्टा लाग्नेमा सडक बनेपछि अहिले उहाँलाई बजार पुग्न सहज भएको छ । “बाटो अप्ठ्यारो हुँदा घोडामा तीन–चार घन्टासम्म लाग्थ्यो । अहिले बाटो सजिलो भएको छ । घोडाले नाल झार्छ भन्ने पीर छैन । बर्खामा पनि गाडीमा जान सकिने भएको छ ।” उहाँले भन्नुभयो । विगतमाभन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको स्थानीयको भनाइ छ ।

स्थानीय रबिन सापकोटाले भन्नुभयो, “एकैपटक सबै विकास सम्भव छैन । २८ वर्षमा सफलता हात पर्ने गरी दिगो विकासको लक्ष्य लिएर नगरपालिकाले काम गरिरहेको छ ।”

किसानले दुःख गरेर उत्पादन गरेका उपजले सडक अभावकै कारण बजार नपाउने समस्याको अन्त्य भएको किसान बताउँछन् । कृषक ख्यामराज रिजालले भन्नुभयो, “हामीले बर्खामा बाटो नहुँदा कति दुग्धजन्य उत्पादन त्यसै पोखेका थियौँ । हाम्रा टमाटर बजारसम्म पुग्न नपाएर धेरै कुहिएका थिए । त्यो समस्याबाट मुक्ति पाएका छौँ ।”

जथाभावी बाटो विस्तार गर्ने तर समयमा निर्माण सम्पन्न नहुँदा पहाडी क्षेत्रका बासिन्दालाई हिलो, चिप्लो र पहिरोको त्रास भइरहने स्थानीयको भनाइ छ । सूर्योदय नगरपालिकाले एक वडा एक अलवेदर सडकको अवधारणा ल्याएर दिगो विकासको काम गरिरहँदा सेवाग्राहीले लाभ लिन थालेको स्थानीय गोविन्द सापकोटा बताउनुहुन्छ । “अबको २४ वर्षमा सबै वडामा कालोपत्र पुग्नेगरी नगरपालिकाले काम गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “हाम्रा लागि नभए पनि छोरानातीको पालामा सुविधासम्पन्न गाउँ बन्नेछ ।” दीर्घकालीन विकासको यात्रामा लम्किएको सूर्योदयलाई अब दोस्रो पुस्ताले दुई दशकपछि सम्झिएर धन्यवाद दिने उहाँले बताउनुभयो ।

बाटो बनाउन उपकरण प्रयोग गरेर काम देखाउने र जनताको आँखामा भ्रम छर्ने परम्परागत तरिकालाई हटाएर दिगो विकासको मोडलमा पालिका अघि बढेको उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । “माटो र बाटोमात्र विकास हो भन्ने परम्परागत भाष्यलाई परिवर्तनका लागि आर्थिक, सामाजिक, वातावरण र सुशासन क्षेत्रको विकासका लागि समानान्तररूपमा योजना तथा कार्यक्रम अघि बढाइएका छौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चतताका लागि नगरपालिकामा नै पूर्वाधार परीक्षण प्रयोगशाला स्थापना गरी गुणस्तर सुनिश्चितताका साथै आन्तरिक आयको दायरा बढेको छ ।”

सूर्योदयका किसानले चियापछि धेरै दुग्ध उत्पादन गर्छन् । चियालाई स्थानीय उद्योगमा पुर्र्याउन, दुग्धलाई डेरीमा लैजान र आलु, अलैँची, अदुवा, स्कुस, साग, टमाटरजस्ता कृषि उत्पादनलाई बजार पुर्याएर बिक्री गर्न बाह्रमासे सडकले ठूलो राहत गरेको किसान बताउँछन् । भारतसँग जोडिएको मानेभञ्ज्याङ, पशुपतिनगर र फाटकसहित स्थानीय, फिक्कल, हर्कटे, आइतबारे, गोर्खेलगायत बजार यहाँका किसानको मुख्य व्यापार स्थल हो । किसान सरोज पोखरेलले भन्नुभयो, “मानेभञ्ज्याङ, पशुपतिनगर, फाटक, गोखेबाहेकका सबैजसो बजार मेची राजमार्गले छोएका छन् । त्यहाँसम्म पुग्न गाउँको भित्रि कुनाबाट एक घण्टादेखि पाँच घण्टासम्मको पैदल बाटो हिँड्नुपर्ने बाध्यता सडक संरचनाको पहुँचले हटाएको छ ।”

सडक गुरुयोजनाअनुसार सूर्योदय नगरपालिकाभित्रका सडकमा सबैभन्दा बढी दुईपाङ्ग्रे मोटरसाइकल प्रयोग हुँदै आएका छन् । नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल प्रयोग हुन्छन् । त्यस्तै जिप कार २६ प्रतिशत, ट्रयाक्टर १७ प्रतिशत र ट्रक बस १२ प्रतिशत नगरपालिका भित्र गुड्ने गरेका छन् ।

सम्बन्धित खबर