मङ्गलवार, कार्तिक २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kumarhane atmosferini yaşamak isteyenler Bahsegel ile keyif buluyor.

Türkiye’deki oyuncular arasında popülerliğini artıran Bettilt giriş güvenilir yapısıyla öne çıkıyor.

Tenis turnuvalarına bahis oynamak isteyenler Bettilt giriş bağlantısına tıklıyor.

कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

शनिवार, वैशाख ६, २०८२

कङ्गो, ६ बैशाख: डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन् ।

यो दुखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो ।

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ । उहाँले मृतक संख्या १४५ पुगेको अनुमान गर्नुभएको छ ।
डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ ।

घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताउनुभयो ।

प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।

सम्बन्धित खबर