शुक्रवार, वैशाख १९, २०८२
Nayapaper | अनलाइन पत्रिका

अनेमसंघ झापाद्वारा शुभकामना आदान प्रदान एवं क्यालेन्डर बिमोचन

शनिवार, वैशाख ६, २०८२

बिर्तामोड, ६ वैशाख : अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको आयोजनामा नव वर्ष २०८२ को शुभकामना आदान प्रदान एवं क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ।

आज बिर्तामोडमा अनेमसंघ जिल्ला अध्यक्ष लीला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेमसंघ केन्द्रिय स्थाई कमिटी सदस्य तथा झापा ईन्चार्ज टीका घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।

प्रमुख अतिथी टीका घिमिरेले क्यालेन्डर बिमोचन गर्नु भएको थियो। सचिब कोपिला चम्लागाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत रेनुका डांगीले गर्नु भएको थियो।

अनेमसंघ झापाकी महिला फाट ईन्चार्ज पवित्रा पाठक, खानेपानी तथा उर्जामन्त्री एकराज कार्की,अनेमसंघ प्रदेश सचिब हेमकला कट्टेल,नेकपा एमाले केन्द्रिय सल्लाहाकार चिन्तन पाठक, नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य जसमाया गजमेर, नेकपा एमाले अनुसासन आयोगका सदस्य,अनेमसंघ केन्द्रिय सदस्य एवं प्रदेश माननिय तारा ढकाल, लीला कट्टेलले शुभकामना मन्तब्य राख्नु भएको थियो।

 

सम्बन्धित खबर