शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ८ र ९ मा वडा खेलकुद समिति गठन

आइतवार, फागुन २८, २०७९

बिर्तामोड ।   नगर खेलकुद विकास समिति बिर्तामोडले आज आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरीएको हो । वडा नम्बर ८मा विपिन कार्कीको अध्यक्षतामा समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणी कट्टेल, अमिन कुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली र सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दिपेश पौडेल, सनम खान विकेश शाह र गोमा कटुवाल रहनु भएको छ ।

यस्तै वडा नम्बर ९मा विश्वदिप राजवंशीको अध्यक्षतामा समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दिपेश राई सचिवमा विवस बस्नेत र सदस्यहरुमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराईली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहनु भएको छ ।

वडा नम्बर ८मा वडाअध्यक्ष अजय कार्की र वडा नम्बर ९मा वडाअध्यक्ष हरिप्रसाद चौलागाई लगायत जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरीएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनु भयो ।

यस अघि नगरको वडा नम्बर १,२,३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भईसकेको छ । बाँकी रहेका वडाहरुमा पनि क्रमश समिति निर्माण गर्दै लैजाने नगर खेलकुद विकास समिति सदस्य विशाल अग्रवालले जानकारी दिनु भयो ।

सम्बन्धित खबर