Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड ८ र ९ मा वडा खेलकुद समिति गठन
आइतवार, फागुन २८, २०७९
बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले आज आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरीएको हो । वडा नम्बर ८मा विपिन कार्कीको अध्यक्षतामा समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणी कट्टेल, अमिन कुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली र सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दिपेश पौडेल, सनम खान विकेश शाह र गोमा कटुवाल रहनु भएको छ ।
यस्तै वडा नम्बर ९मा विश्वदिप राजवंशीको अध्यक्षतामा समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दिपेश राई सचिवमा विवस बस्नेत र सदस्यहरुमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराईली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहनु भएको छ ।
वडा नम्बर ८मा वडाअध्यक्ष अजय कार्की र वडा नम्बर ९मा वडाअध्यक्ष हरिप्रसाद चौलागाई लगायत जनप्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरीएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनु भयो ।
यस अघि नगरको वडा नम्बर १,२,३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भईसकेको छ । बाँकी रहेका वडाहरुमा पनि क्रमश समिति निर्माण गर्दै लैजाने नगर खेलकुद विकास समिति सदस्य विशाल अग्रवालले जानकारी दिनु भयो ।