Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापामा पिकअपसहित २२ लाखको अवैध सामान बरामद
आइतवार, वैशाख ७, २०८२
झापा, ७ वैशाख : झापामा पिकअपसहित करिव २२ लाख मूल्यको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
गएराति ८ बजे भद्रपुर नगरपालिका वडा नम्वर ९ मा भारतवाट नेपालतर्फ भन्सार छलि बा १८ च ४६१६ नम्वरको पिकअप गाडीमा ल्याउँदै गरेको मोवाइल फोनको पार्टस २० कार्टुन अन्दाजी ४ लाख बराबरको सामान, गाडी र चालक भद्रपुर ५ वस्ने २३ वर्षीय राहुल कामतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाडी र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई अनुसन्धान भइरहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
त्यस्तै गएराति अन्दाजी १० बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले अर्जुनधारा– ६ छाताचौकमा बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको अबैध सामान बरामद गरिएको छ । मोबाइल र मोबाइल पार्टसका सामानहरु बरामद भएको जनाइएको छ ।