मङ्गलवार, वैशाख १६, २०८२
Nayapaper | अनलाइन पत्रिका

अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरू पक्राउ

आइतवार, वैशाख ७, २०८२

काठमाडौँ , ७ वैशाख : नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न जान लागेको बेला उनीहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लिङदेनसहित बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन् ।उनीहरूलाई सिंहदरबारबाट गिरफ्तार गरी प्रहरी कार्यालयतर्फ लगिएको छ।

सम्बन्धित खबर