आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

नेपाल परिवारको ज्यान बचाउन बुहारीको सहयोग

मङ्गलवार, फागुन ३०, २०७९

बिर्तामोड । माइ नगरपालिका–४ दानावारी मन्दिरडाँडा इलामका नेपाल परिवारका तीन सदस्य अहिले मर्नु न वाँच्नुको दोसाँधमा जीवन गुजार्दै आएका छन् ।
जटिल रोगका कारण घरैमा थलिएका उनीहरु उपचार गर्ने खर्च नभएपछि रोग लुकाएर आँसु बगाउँदै वस्न वाध्य बनेका हुन्।
६८ वर्षीया कमलादेवी नेपालको अन्न नलीमा ट्युमर भएको छ भने उनका माइलो छोरा लोकनाथ नेपाललाई ब्रेन ट्युमर भएको छ । त्यस्तै माइली बुहारी कमला नेपाल डिप्रेसनको सिकार भएकी छिन् ।
उनीहरुले उपचार गराउन खोजेपनि उपचार गराउन त परको कुरा अस्पतालसम्म लैजाने पनि खर्च नभएपछि उनीहरु घरमै बस्न बाध्य बनेका छन् ।
नेपाल परिवारका सदस्य उपचार खर्चको अभावमा घरमै बस्न बाध्य बनेको विभिन्न सञ्चारमाध्यमबाट थाह पाएपछि मेची महकाली बुहारी संयुक्त आवाज केन्द्रीय कार्यालय बिर्तामोड –५ झापाले नेपाल परिवारका सदस्यहरुलाई आर्थिक सहयोग गरेर उनीहरुको चहर्याईरहेको घाउमा मल्हमपट्टी गरेको छ ।
मेची महकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्वाको परिकल्पनामा शुरु गरिएको महिनामा एक दिन एक सय रुपैयाँ बचत अभियान अन्तर्गत फागुन महिनामा जम्मा भएको रकममा केही रकम थप गरेर ३५ हजार रुपैयाँ मेची महकाली बुहारी संयुक्त आवाजले नेपाल परिवारलाई हस्तान्तरण गरेको हो ।
माइ नगरपालिका–४ दानावारी मन्दिरडाँडास्थित नेपाल निवास पुगेर मेची महकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले, मेची महकाली बुहारी संयुक्त आवाजकी झापा उपाध्यक्ष गंगा भट्टराई ,सचिव कविता थापाले उक्त रकम विरामीका श्रीमान् तथा बुबा तारानाथ नेपाललाई हस्तान्तरण गरेका थिए ।
रकम ग्रहण गर्दै तारानाथले भने ‘ यस्तो पीडा हामी निमुखालाई मात्र आउँछ की जस्तो लागेको छ । घरका जहान,छोरा बुहारी जटिल रोगका कारण घरमै थलिएका छन् । उनीहरुलाई उपचार गराउन त परको कुरा अस्पतालसम्म लैजाने पनि खर्च छैन हामीसँग । त्यसैले ईश्वरसँग हारगुहार मागिरहेका छौँ । हाम्रो आवाज ईश्वरले सुनिदिनु भयो र तपाईहरुलाई पठाइदिनु भयो । तपाईहरु हाम्रा लागी भगवान हुनुहुन्छ ।’
खेती किसानीका भरमा गुजारा चलाउँदै आए पनि चरम आर्थिक अभावका बीच पनि सरसापट गरी उनीहरुलाई चेकजाँच गर्न बिर्तामोड, भरतपुर पुर्याउँदा त्यहाँका डाक्टरले छोरालाई ब्रेन ट्युमर भएको र श्रीमतीलाई क्यान्सर भइसकेको बताएकाले उपचार गर्ने पैसा नभएपछि उनीहरुलाई घर फर्काएर ल्याएको तारानाथले बताए ।
उनले भने ‘डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेका छन् । धेरै पैसा लाग्छ अरे, आफूसंग पैसा छैन , कसरी उनीहरुको उपचार गर्नु ? मनकारी दाताहरुले सानीमा बैंक, माई शाखा इलाममा रहेको तारानाथ नेपालको खाता नम्बर ०५२०११०२००००५८८ मा सहयोग गरिदिनु भए हुन्थ्यो ।’

रकम हस्तान्तरण गर्दै मेची महकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले मेची महकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुव्वाको परिकल्पनामा फागुन महिनाबाट शुरु गरिएको महिनामा एक दिन एक सय रुपैयाँ बचत अभियान अन्तर्गत फागुन महिनामा जम्मा भएको रकममा केही रकम थप गरेर ३५ हजार रुपैयाँ नेपाल परिवारलाई हस्तान्तरण गरिएको बताइन् ।
मेची महकाली बुहारी संयुक्त आवाजमा आवद्ध बुहारीहरुले आफ्नो एक दिनको खाजा खर्च कटाएर महिनामा एक दिन एक सय रुपैयाँ बचत गरी उक्त रकम महिनाभर जम्मा गरेर दीनदुःखीको सेवा गर्दै लैजाने उनले बताइन् ।
त्यहाँ सहभागी माइ नगरपालिका–४ का वडाध्यक्ष हेम मगरले मेची महकाली बुहारी संयुक्त आवाजले नेपाल परिवारलाई सहयोग गरेर पुण्यको कार्य गरेको बताए । उनले आफ्नो तर्फबाट पनि नेपाल परिवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
मेची महकाली बुहारी संयुक्त आवाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको मेची महकाली बुहारी संयुक्त आवाजकी झापा अध्यक्ष शिखा खड्का गणेशले बताइन् ।

सम्बन्धित खबर