झापा, ९ वैशाखः जिल्लाको कन्काई नगरपालिका वडा नम्बर–८ स्थित घाग्रा पुलमा ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
आज बिहान घाग्रा पुलस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ नम्बरको ट्यांकरले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्री अर्जुनधारा –५ बस्ने अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटालाई ठक्कर दिँदा उहॅंाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र ट्यांकर जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र चालक झापा कमल गाउँपालिका –१ बस्ने ४६ वर्षीय भिमबहादुर कोइरालालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।




