आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरपालिकाद्वारा कक्षा ५ सम्मका विद्यार्थीलाई पोषाक वितरण

बुधवार, चैत १, २०७९

झापा ।बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । आज बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका वीच नगरमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एक मुष्टरुपमा वालविकास देखि कक्षा ५ सम्मका विधार्थीहरुको विद्यालय पोषाक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोषाक खरिद गर्न नसक्दा पठन पाठनबाटै बन्चित हुने गरेकाकारण पोषाक वितरण कार्यक्रम ल्याएको बताउनु भयो । उहांले यस कार्यक्रमले अभिभावकलाई सहज हुनका साथै विद्यार्थीहरुमा एकरुपता आउने र पठनपाठनमा समेत अनुकुल वातावरण बन्ने बताउनु भयो । नगरप्रमुख प्रसाईंले कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नहुने बताउनु भयो ।पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्थामा समेत सुधार आएको भन्दै नगर प्रमुख प्रसाईंले भौतिक पूर्वाधार, प्रविधि र पठनपाठनको गुणस्तरमा व्यवस्थित र अव्वल हुंदै आएको बताउनु भयो ।

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारी पूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहांले विद्यालयको शौचालय, सरसफाई लगायत भौतिक अवस्थाका बारेमा पनि ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भयो ।नगरपालिकाले पोषाक वितरण कार्यक्रमलाई वार्षिक योजना अन्तर्गत राखेर महत्वकासाथ अघि बढाएको भन्दै विद्यार्थीको संख्या बढाउनसमेत सम्वन्धित सबैले ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोषाक वितरणले विद्यार्थीको सिकाईमा सहजता ल्याउने बताउनु भयो ।उहांले यस वर्ष पनि ३ हजार ६ सय भन्दा बढी विद्यार्थीलाई पोषाक वितरण हुने जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सन्चालनमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयमा गत आर्थिक वर्षदेखि पोषाक वितरण गर्दै आएको छ ।

पोषाक हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, नगर कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, निर्मला सुनुवार, शिक्षक महासंघ बिर्तामोड नगरकमिटी अध्यक्ष युवराज कट्टेल, सचिव उमा भण्डारी, पूर्व स्रोत व्यक्ति डम्बर बहादुर बस्नेत, शाखा अधिकृत दिनेश कुमार आचार्य, शिक्षा अधिकृत केशर खवास, जानुका रेग्मीलगायत विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

सोही कार्यक्रमका विच वडा नम्बर २ मा रहेको वीर अमरसिंह माविको तर्फबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको छ । ६५ औं वार्षिकत्सवको अवसरमा तयार पारिएको सम्मान पत्र वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले नगर प्रमुख प्रसाईंलाई प्रदान गर्नु भयो ।

नगर प्रमुख पदमा निर्वाचित भई समग्र बिर्तामोडको विकास र नगरवासीको हितमा निर्भिक, निर्विवादित, निष्पक्ष ढंगले कार्य गर्ने जिम्मेवारी प्राप्त गर्नु भएकोमा उहांलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताउनु भयो ।

सम्बन्धित खबर