Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सर्वोच्चले बालबालिकाको भविष्यका बारेमा निर्देशनात्मक आदेश दिएकोःमहासचिव
शुक्रवार, वैशाख १२, २०८२
काठमाडौं, १२ वैशाखः नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनको सन्दर्भमा सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएको बताउनुभएको छ ।
हिजो सर्वोच्च अदालतले तीन दिन भित्र विद्यालय सञ्चालन गर्नु भनि दिएको आदेश सरकारलाई दिएको भए पनि यसका पात्र शिक्षकहरू नै भएको पोखरेलको भनाइ छ । ‘उक्त आदेश पछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ, उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु हो, सबै पक्ष जिम्मेवार बनौँ’, उहाँको भनाइ छ ।
कतिपय शिक्षक नेताले उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको बताउँदै उहाँले आदेश सरकारलाई भएको स्पष्ट पार्नुभएको छ । तर चिन्ता भने विद्यालय बन्द भएको कुरा प्रति र परीक्षा रोकिएको कुरा प्रति भएको उहाँको धारणा छ । जुन काम शिक्षकहरूको कारण भएको छ ।
शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर शिक्षकहरू झण्डै एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । अदालतको आदेश सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्दछौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा पनि भएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘ अब हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गरौँ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।