बुधवार, वैशाख १७, २०८२
Nayapaper | अनलाइन पत्रिका

घट्यो सुनको मुल्य

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौँ, १२ वैशाख : सुनको मूल्य तोलामा रू एक हजार घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर