जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा भइरहेको आक्रमण रोक्न, तत्काल युद्धविराममा पुग्न, कैदी आदानप्रदान सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न र गाजामा मानवीय सहायता प्रवेश गर्न अनुमति दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
मन्त्रालयको एक विज्ञप्तिअनुसार उहाँले अम्मानमा हंगेरीका विदेश तथा व्यापार मन्त्री पिटर सिज्जार्तोसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो । सफादी र सिज्जार्तोले जोर्डन र हंगेरीबीचको मित्रता बढाउने, द्विपक्षीय सहयोग विकास गर्ने र युरोपेली संघसँगको रणनीतिक साझेदारीको ढाँचा भित्र सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्नुभएको छ । दुई मन्त्रीहरूले सिरिया र लेबनानको अवस्थाबारे पनि छलफल गर्नुभयो । दुवै देशको स्थिरतालाई समर्थन गर्ने आवश्यकतामा जोड दिनुभयो ।
आफ्नो तर्फबाट हंगेरीका अधिकारीले जोर्डनको विज्ञप्तिअनुसार युरोपेली संघ र जोर्डनबीचको रणनीतिक साझेदारीलाई सकेसम्म चाँडो प्राप्ति र कार्यान्वयनलाई हंगेरीले समर्थन गर्ने कुरा पुष्टि गर्नुभयो । मध्य पूर्व र मध्य युरोपको सुरक्षा घनिष्ठ रूपमा एकअर्कासँग जोडिएको बताउनु भयो । त्यसैले मध्य पूर्वमा शान्ति हुनु र युद्धको फैलावटबाट बच्नु हंगेरीवासीहरूको हितमा रहेको बताउनु भयो ।




