शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

संसदीय दलको बैठकमा सांसदहरुलाई अध्यक्ष ओलीका १६ उपदेश

शनिवार, वैशाख १३, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा बोल्नुपर्ने विषयहरुका बारेमा आफ्ना सांसदहरुलाई विभिन्न निर्देशन (उपदेश ) दिनुभएको छ । शनिवार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उहाँले आफ्ना सांसदहरु संसदमा कसरी प्रश्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराउनु भयो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सांसदहरुलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रुपमा आलोचना गर्न निर्देशन दिनुभयो । आज कुनै विषयमा कसैले गलत ढंगले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै उहाँले तत्कालिन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्व नहुने बताउनु भयो । अध्यक्ष ओलीले सांसदहरुले संसदमा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिविम्वित हुनेगरी साहसिक रुपमा आवज उठाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रका लागि संघर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भएपनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ ।

संसदको बजेट अधिवेशनको कामले वर्षभरीको अर्थतन्त्र, समाज र राजनीतिलाई गाइड गर्ने भएकाले राष्ट्र केन्द्रित र जनतामा समर्पित भएर कामहरु अगाडि बढाउन सांसदहरुलाई निर्देशन दिनुभयो ।

  • यस्ता छन्ः अध्यक्ष ओलीले सांसदहरुलाई दिनुभएको उपदेशहरु
    १. सबै माननीयहरुले दस्ताबेजहरु राम्ररी अध्ययन गर्ने, चिन्तन मनन गर्ने, विभिन्न दस्तावेजहरुसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।
    २.  तत्कालीन समस्याहरुलाई संसदमा सम्बोधन गर्ने विषयमा तयारी गर्ने । देश विकासका तथा सुशासनका प्रश्नहरुमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रश्तुत गर्ने ।
    ३. बाढी,पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ रु के गर्नुपर्छ रु भन्ने बारेमा जानकारी लिने, त्यहीअनुसार आफूलाई तयारी अवस्थामा राख्ने ।
    ४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसदमा निर्भिक रुपमा समयमै आवाज उठाउने ।
    ५. समाजका सांस्कृतिक मूल्यहरु चाडपर्व, ऋति,थितिहरुलाई सम्मान गर्ने र अन्धविश्वासलाई लिएर प्रताडना दिने बोक्सीजस्ता कुराहरुको विरोध प्रकट गर्ने, अन्धविश्वासका अनेक विकृतिको अन्त्यका लागि जनजागरणमा ध्यान दिने ।
    ६. जनताका आवाजहरु प्रतिविम्वित हुनेगरी अर्थपूर्ण रुपमा मर्यादित र सभ्य भएर तथ्यपरक रुपमा शाहसिक ढंगले संसदमा प्रश्तुत हुने ।
    ७. राष्ट्रियताको पक्षमा प्रष्टरुपमा अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरुलाई तिखो ढंगले आलोचना गर्ने, देशभन्दा ठुलो अर्को कुरा हुँदैन भनेर आत्मसाथ गर्दै देशभक्तिको भावनालाई ध्यानमा राखेर जनतालाई जागरुक बनाउने ।
    ८. पार्टीको विरुद्धमा कसैले गलत ढंगले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटोछरितो रुपमा गर्ने ।
    ९. संसदको आकस्मिक समयमा अरुलाई गाली गर्ने किसिमले नबोल्ने, तत्कालिन अवस्थामा केही आकस्मिक घटना वा समस्याका बारेमा मात्रै बोल्ने ।
    १०.  लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका भएपनि सम्मान गर्ने, संकिर्ण सोचाइ नराख्ने ।
    ११. कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन ०८४ मा लाग्ने ।
    १२. नेपाल महान देश हो भन्ने भावनालाई आत्मसात गरेर विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा लाग्ने ।
    १३. समाजमा सुसम्बन्ध ल्याउने गरी इमान र जनताको सेवाको राजनीति गर्नुपर्नेमा ध्यान दिने ।
    १४. गलत ढंगका विधेयक पारित भयो भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमासमेत असर पर्ने भएकाले सही विधेयकहरु ठिक ढंगले पारित गर्ने वातावरण बनाउने, गलत विधेक पारित नगराउन भुमिका खेल्ने ।
    १५. आफ्नो देशको विकास आफैले मात्रै गर्न सकिने भएकाले त्यस अनुरुप आफूलाई सजग गराउने ।
    १६. आत्मविश्वास, पूर्वतयारी र एमालेपनका साथ संसदमा प्रश्तुतिकरण दिने ।
सम्बन्धित खबर