Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सहकारी संघको खुल्ला उपाध्यक्षमा भट्टराई र सचिवमा भानु दंगाल निर्वाचित
शनिवार, वैशाख १३, २०८२
विर्तामोड, १३ बैशाख : झापा जिल्ला सहकारी संघको खुल्ला उपाध्यक्षमा मेची सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । संघको आज भएको निर्वाचनमा भट्टराईले ११९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिष्पर्धी डिल्ली दाहालले १०६ मत प्राप्त गर्नु भयो । यसैगरी सचिवमा भानु दंगाल १५० मत प्राप्त गरी विजयी बन्दा उहाँका प्रतिष्पर्धी युवराज गिरीले ६७ मत प्राप्त गर्नुभयो ।
सहसचिवमा टसबहादुर प्रधान १७१ मत प्राप्त गरी विजयी बन्दा उहाँका प्रतिष्पर्धी विनोद ढकालले ५९ मत प्राप्त गर्नुभएको झापा जिल्ला सहकारी संघका निर्वाचन अधिकृत विपी भट्टराईले जानकारी दिनुभयो । संघको लेखा समिति संयोजकमा चुुडामणि ओझा १६३ मत प्राप्त गरी विजयी बन्दा उहाँका प्रतिष्पर्धी खडानन्द गुरागाईंले ६१ मत प्राप्त गर्नु भएको छ । खुल्ला सदस्यमा काँशीनाथ घिमिरे, प्रेमसागर सापकोटा र नारायण गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
झापा जिल्ला सहकारी संघको अध्यक्षमा प्रेम कोइराला लगायतका अन्य पदाधिकारी सदस्य भने यसअघि नै सर्वसम्मत भइसक्नु भएको छ ।