Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापा ट्राफिकद्वारा नौ महिनामा ३ करोड भन्दा बढी राजश्व संकलन
सोमवार, वैशाख १५, २०८२
बिर्तामोड, १५ बैशाख : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको नौ महिनामा ३ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । मादक पदार्थ सेवन, नियम विपरीत सवारी सञ्चालन लगायत विभिन्न प्रकारका कार्वाहीबाट उक्त रकम संकलन भएको हो ।
गत साउन देखि चैत मसान्तसम्म नियम विपरीत चलेका ४५ हजार ५ सय ९४ वटा सवारी साधनलाई गरिएको कार्बाहीबाट
कुल ३ करोड ४ लाख दुई हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाक प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनु भयो ।
सोहि अवधिमा ९ सय ६६ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ७० जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परि १ सय १६ जना गम्भीर र १ हजार ४ सय २७ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले नियम उलंघन गर्ने सवारी साधनलाई आर्थिक जरिवाना गर्नुका साथै सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको जनाएको छ ।