शनिवार, जेठ ४, २०८२
Nayapaper | अनलाइन पत्रिका

६३ जना एसपीको सरुवा, झापामा राजन लिम्बु आउने

सोमवार, वैशाख १५, २०८२

काठमाडौं, १५ बैशाखः नेपाल प्रहरी प्रधान कार्यालयले आज जनपद समूहतर्फका ६३ जना एसपीको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीको पनि सरुवा भएको छ । उनको अपराध अनुसन्धान शाखा काठमाडौंमा सरुवा भएको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हाल्नका लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट राजन लिम्बु आउने भएका छन् । गत माघ १२ गते मात्र लिम्बु कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगरबाट चितवन आएका थिए ।

लिम्बूको चाहना र कार्यक्षमता एवम् उच्च राजनीतिक नेतृत्वको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला सरुवा भएका हुन् । लिम्बूले प्रहरी नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कमाण्ड सम्हालेका थिए ।

सम्बन्धित खबर