आइतवार, जेठ ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाखः भारत भ्रमणमा रहनुभएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको छ ।

डा भट्टराईको सचिवालयका अनुसार उहाँले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार भेटवार्ता गर्नुभएको थियो । सो भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएको जनाइएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री डा भट्टराईले हालै कश्मिरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गर्नुभएको थियो । डा भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा हुनुहुन्छ ।

सम्बन्धित खबर