शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा चैत्र ६ गतेदेखि कक्षा ८को परीक्षा, केन्द्राध्यक्षहरुको लागि अभिमुखिकरण सम्पन्न

बिहिवार, चैत २, २०७९

झापा । बिर्तामोडमा आधारभुत तह परीक्षा कक्षा ८ को केन्द्राध्यक्षहरुको लागि अभिमुखिकरण सम्पन्न भएको छ । आज बिहीबार नगरपालिकाको हलमा कार्यक्रम सम्पन्न भएको हो ।

बिर्तामोड नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा कक्षा ८मा अध्ययनरत विद्यार्थीहरुको चैत्र ६ गते सोमबार देखि परिक्षा सञ्चालन हुँदैछ । यसका लागि १० वटा विद्यालयलाई केन्द्र तोकिएको छ ।

तोकिएका केन्द्राध्यक्ष र केन्द्रहरुमा शेरबहादुर श्रेष्ठ मोहनमाया मावि बिर्तामोड २, जीवन आचार्य बाल्मिकी एजुकेशन एकाडेमी बिर्तामोड १, यदुनाथ अधिकारी वीर अमरसिंह मावि बिर्तामोड २, केशव प्रसाई महेन्द्ररत्न मावि बिर्तामोड ३, विशाल क्षेत्री लिटल फ्लावर्स ईग्लिस स्कुल बिर्तामोड ४, देवेन्द्र हुमागाई न्युटन्स एकाडेमी बिर्तामोड ५, अम्विका श्रेष्ठ देवि मावि बिर्तामोड ५, पेम्बा लामा कन्काई मावि बिर्तामोड ५,लक्ष्मण शिवाकोटी दुर्गा मावि बिर्तामोड ९ र उदय कटुवाल लालिगुराँस ईग्लिस वोर्डिङ स्कुल बिर्तामोड ८ रहेका छन् ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शान्त,व्यवस्थित र मर्यादित ढंगले परिक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई आग्रह गर्नु भयो ।उहाँले लाहछाप लगाइएका उत्तरपुस्तिकाहरु सिसि क्यामेराको निगरानीमा राख्नु पर्ने बताउनु भयो ।

बिर्तामोड नगरपालिकाले  पालिका स्तरमा यो परीक्षा पहिलो पटक सञ्चालन गर्न लागेको हो । यस परीक्षामा १ हजार २ सय ७४ छात्रा र १ हजार ३ सय ५२ छात्र गरि कुल २ हजार ६ सय २६ जना विद्यार्थी सहभागी हुने बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपससचिव तिलचन भण्डारीले जानकारी दिनु भयो । परिक्षा सकिएपछि उत्तरपुस्तिका परिक्षण गर्ने कार्य नगरपालिकामा केन्द्रिकृत गरि सञ्चालन हुने छ ।

परीक्षालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्नका लागि दैनिक परीक्षा समिति र नगरपालिकाबाट अनुगमन गरिने शिक्षा शाखा अधिकृत दिनेश प्रसाद आचार्यले बताउनु भयो । विद्यार्थी मूल्याङ्कन, परीक्षा व्यवस्थापन तथा नतिजा प्रकाशन अनिवार्यरुपमा लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित)को प्रावधान अनुसार हुने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर