सोमवार, जेठ ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

अमितको ‘मायाको आभाष’ सार्वजनिक

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौँ, १६ वैशाख : गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत ‘मायाको आभाष’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्दरचना र संगीत पनि गायक प्रधान कै छ । 

हिमाल थापाले निर्देशन गरेको म्युजिक भिडियोमा व्हेर्‍री केसी र अमित प्रधानको अभिनय रहेको छ । 

सार्वजनिक गीत ‘मायाको आभाष’लाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ । गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका छन् । 

भिडियोको सम्पादन र रङ् संयोजन हिमाल थापाले नै गरेका छन् । भिडियोमा डीओपी रेयवट श्रेष्ठको छ । 

सम्बन्धित खबर