Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
धरानबाट चोरीएको बस विराटनगरमा फेला
मङ्गलवार, वैशाख १६, २०८२
विराटनगर , १६ वैशाख : सुनसरीको धरानबाट चोरी भएको एउटा बस विराटनगरमा भेटिएको छ । विराटनगर ल्याएर पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा प्रहरीले उक्त बस फेला पारेको हो ।
धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट प्रदेश १-०२-००१ ख ९७४९ नम्बरको बस हराएको थियो । मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२ मा अवस्थित मंगलबारेमा बस भेटिएको हो ।
शुक्रबार राति धरानबाट बस हराएको प्रहरीले जनाएको छ । बसका पाटपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहको कवाडी गोदाममा फेला परेको छ ।
सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको प्रहरीले जनाएको छ ।
बस कसले चोरेर विराटनगर ल्याएको थियो भन्ने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बेबारिसे अवस्थामा बस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।