Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम स्थगित
बुधवार, वैशाख १७, २०८२
काठमाडौँ , १७ वैशाखः नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता प्रक्रिया रेशम चौधरीको पक्राउसँगै स्थगित भएको छ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जारी गरेको विज्ञप्तिमा चौधरी पक्राउ गरिएको घटनाको भर्त्सना गरिएको छ र एकतास्थलबाट घर फर्कन नेता–कार्यकर्तालाई आग्रह गरिएको छ। सचिवालयका अनुसार अब बैठक बसेर आगामी कार्यक्रमको बारेमा सूचना दिनेछ।
बुधवार दिउँसो काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एकता कार्यक्रममा सहभागी हुन गएका नागरिक उन्मुक्तिका संरक्षक चौधरीलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको थियो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार चौधरीलाई टीकापुर घटनासम्बन्धी सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको हो।
२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्नताको आरोपमा चौधरीले जेल सजाय भोगेका थिए। तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले २०८० साल जेठमा उनलाई आममाफी दिएका थिए। सो निर्णयविरुद्ध घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
चौधरीको पक्राउसँगै नागरिक उन्मुक्ति र जनमतबीचको एकता प्रक्रियामा अन्योल उत्पन्न भएको छ।