Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता भोलिदेखि सुरु हुने
बिहिवार, वैशाख १८, २०८२
बिर्तामोड, १८ बैशाख : झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जनाईएको हो ।
बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा हुने प्रतियोगिताको आयोजक बिर्तामोड स्पोर्टस सेन्टर नै हो ।
पूर्वमा अहिलेसम्मकै ठुलो पुरस्कार राशी र धेरै टिम सहभागी फुटसल प्रतियोगिता हुन लागेको सेन्टरका सञ्चालक तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वअन्तरिम प्रशिक्षक प्रवेश कटवालले जानकारी दिए ।
अर्का सञ्चालक सञ्जीव प्रसाईंका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउनेछ ।
प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहने अर्का सञ्चालक गणेश कटवालले जानकारी दिए । झापाका २०, सुनसरी, इलाम र पाँचथरका ९ तथा भारतका ३ टिम प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछ भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक प्रसाईंले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ ।