सियोल, १८ वैशाख: उत्तर कोरियाको हालै अनावरण गरिएको युद्धपोतमा रुसी सहयोग समावेश हुनसक्ने दक्षिण कोरियाली सेनाले बिहीबार बताएको छ । तर सेनाले ‘अझ विस्तृत विश्लेषण’ गरिरहेको भन्दै सावधानी अपनाएको छ ।
प्योङयाङले हालै चो ह्योन नामक पाँच हजार टनको विध्वंसक–श्रेणीको जहाजको अनावरण गरेको छ । केही विश्लेषकले यो छोटो दूरीको सामरिक आणविक मिसाइलले सुसज्जित हुन सक्ने बताएका छन् । ज्वाइन्ट चिफ अफ स्टाफ (जेसिएस) का प्रवक्ता ली सुङ–जुनले दक्षिण कोरियामा पत्रकारहरूलाई रुसले युद्धपोतमा सहयोग गरेको हुनसक्ने बताउनुभयो ।
“खुलासा भएका हतियार र उपकरणहरू हेर्दा उनीहरूले रुसबाट प्रविधि, कोष वा सहयोग प्राप्त गरेको सम्भावना छ भन्ने हामी विश्वास गर्छौं”, लीले भन्नुभयो, “हामी अझ विस्तृत विश्लेषण गरिरहेका छौँ ।” उत्तर कोरियाले सोमबार पहिलो पटक युक्रेनमा मस्कोलाई युद्धमा समर्थन गर्न रुसमा सैनिकहरू तैनाथ गरेको पुष्टि गरेको थियो ।
दुवै देशले यस हप्ता उनीहरूले दुई छिमेकीलाई जोड्ने पहिलो सडक पुल निर्माण गर्न थालेको घोषणा गरेका छन् । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले यस हप्ता जहाजको दुई–दिने हतियार परीक्षणको पहिलो दिनको निरीक्षण गर्नुभयो । निरीक्षण अवधिमा उहाँले अधिकारीहरूलाई ‘नौसेनाको आणविक सशस्त्रीकरण तीव्र पार्ने’ कार्यमा काम गर्न आदेश दिनुभयो ।
उत्तर कोरियाले ‘सबैभन्दा शक्तिशाली हतियार’ ले सुसज्जित भएको दाबी गरेको विध्वंसक ‘अर्को वर्षको सुरुमा सञ्चालनमा आउने’ बताएको छ । परीक्षणको समयमा किमले उत्तरको जहाजमा आधारित आगो फायरवार प्रणाली ‘सबभन्दा शक्तिशाली आक्रमण साधनहरू जस्तै सुपरसोनिक क्रुज मिसाइल, रणनीतिक क्रुज मिसाइल र ट्याक्टिकल ब्यालिस्टिक मिसाइलसँग प्रभावकारी रूपमा संयोजित’ थियो। भन्नुभयो ।
लीले यसको तैनाथीमा थप समय लाग्ने सम्भावना रहेको बताउनुभयो । “युद्धपोतहरूको मामिलामा निर्माण गर्न धेरै वर्ष लाग्छ र पूरा भएपछि पनि तिनीहरू सञ्चालनमा आउन थप समय लाग्छ”, जेसिएस प्रवक्ताले भन्नुभयो, “त्यसैले चो ह्योन अनावरण गरिएको भए पनि यसको (परिचालन) तैनाथीका लागि धेरै समय लाग्ने सम्भावना देखिन्छ ।”




