बुधवार, जेठ ८, २०८२
Nayapaper | अनलाइन पत्रिका

दमक नगरपालिकाका कानुन अधिकृत बस्नेतको दुर्घटनामा परि मृत्यु

बिहिवार, वैशाख १८, २०८२

झापा, १९ बैशाख : दमक नगरपालिकाका कानुन अधिकृत
माधव बस्नेतको दुर्घटनामा परि मृत्यु भएको छ ।

नगरपालिकाबाट भ्रमणमा गएको टोली फर्कँदै गर्दा उदयपुरको कटारी नजिक दुघर्टना हुँदा बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनामा गाडीमा सवार वडाअध्यक्षसहित अन्य ५ जना घाइते भएका छन् ।
घाइतेहरुको प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचार पछि थप उपचारका लागि विराटनगर रेफर गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले जानकारी दिनुभयो ।

दमक वडा नम्बर १० का वडाअध्यक्ष राजेन्द्र भण्डारीको अवस्था जटिल छ । अन्य ४ जनाको अवस्था भने खतरामुक्त रहेको बताइएको छ । घाइते हुनेमा नविन खतिवडा, भुवन दाहाल, कमल श्रेष्ठ, ज्ञानेन्द्र गौतम रहेका छन् ।

गत बैशाख १२ गते शुक्रबारका दिन स्थानीय तहको न्यायिक सम्पादनको विषयमा पालिका स्तरको अवलोकन भ्रमणमा गएको मे १ च ३०४० को स्कारपियो गाडी आफै अनियन्त्रित भइ मदन भण्डारी राजमार्ग अन्तर्गत कटारी नगरपालिका ६ को सोमबारे भन्ने स्थानमा दुघर्टना भएको हो ।

सम्बन्धित खबर