शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया

मङ्गलवार, चैत ७, २०७९

 
झापा ।  विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ  ।
बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने  अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । 
कृत्रिम गर्भाधान प्रक्रिया (एआई)मा धेरै समस्या आउन थालेकाकारण बिर्तामोड र हल्दीबारीका गरि २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरीएको पशुपछी तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । 
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले किसानले गरेको श्रम खेर जान नदिनका लागि यस प्रकारका समस्या समयमै निराकरण गर्नु पर्ने बताउनु भयो । उहाँले कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा उतार्न प्राविधिकहरुलाई आग्रह गर्नु भयो ।
अन्तरक्रिया पछि गोठ गोठमै पुगेर समस्याका बारेमा पहिचान तथा समाधान गरिने शाखा प्रमुख दाहालले जानकारी दिनु भयो । सहभागीहरुलाई सिमेन बैंक लाहानका डा. शुभनाथ महतो र अधिकृत नगेन्द्र प्रसाद महतोले सहजीकरण गर्दै हुनुहुन्छ ।
सम्बन्धित खबर