Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मियामीको जितमा मेसी र स्वारेजको गोल
आइतवार, वैशाख २१, २०८२
काठमाडौं, २१ वैशाख : कप्तान लियोनल मेसी र लुइस स्वारेजको गोलप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा न्युयोर्क रेड बुल्सविरुद्ध ४–१ को सहज जित निकालेको छ ।
आइतबार बिहान घरेलु मैदान चेज रंगशालामा मियामीलाई जित दिलाउन फाफा पिकाउल्ट, मार्सेलो वेगान्ट, लुइस स्वारेज र लियोनल मेसीले गोल गरे । पाहुना टिमका मोहम्मद सोफोले एक गोल फर्काएका थिए ।
खेलको नवौँ मिनेटमा पिकाउल्टको गोलमा मियामीले अग्रता बनाएको थियो । ३३औँ मिनेटमा वेगान्टले घरेलु टिमको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा स्वारेजले गोल गरेपछि मियामी अग्रता ३–० ले अगाडि थियो । ४३औँ मिनेटमा सोफोले रेड बुल्सबाट एक गोल फर्काए । ६७औँ मिनेटमा मेसीले गोल गरेपछि मियामीले ४–१ को जित पक्का गर्यो ।
जारी सिजन मियामीको यो छैटौँ जित हो । १० खेलबाट २१ अंक जोडेको मियामी एमएलएस इस्टर्न कन्फेरेन्सको चौथो स्थानमा छ । समान खेलबाट १४ अंकको रेड बुल्स तालिकाको नवौँ स्थानमा छ ।