Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
नयाँ पेपरको आयोजनामा अन्तरक्रिया सम्पन्न, टेवल क्यालेण्डर सार्वजनिक
सोमवार, वैशाख २२, २०८२
बिर्तामोड, २२ बैशाख : झापाको बिर्तामोडमा सामाजिक संजालको प्रयोग र चुनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्राइड मिडिया प्रा.लिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा सोमवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा प्रा.लिद्वारा निर्माण गरिएको टेवल क्यालेण्डर सार्वजनिक गरिएको छ ।
कम्पनिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, तारामणि सापकोटा, महासंघ झापा उपाध्यक्ष सुव्रत न्यौपाने, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वाँस्तोलाले संयुक्त रुपमा क्यालेण्डर सार्वजनिक गर्नु भएको थियो ।
कम्पनिका सञ्चालक पदम श्रेष्ठले स्वागत गरेको कार्यक्रममा पत्रकार उमाकान्त खनालले अन्तरक्रियाका विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख प्रसाई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पोखरेल, सापकोटा, महासंघका उपाध्यक्ष न्यौपाने, खानेपानीका अध्यक्ष वास्तोला, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का, नारी संचार गृह झापाकी अध्यक्ष रेजिना रोदनलगायतले अहिलेको सामाजिक संजाल प्रयोगसँगै चुनौतिका विषयमा धारणा राख्नु भएको थियो ।