Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग
बुधवार, वैशाख २४, २०८२
काठमाडौँ, २४ वैशाखः चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवङ्गत भएका चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । सो कोषमार्फत तीन जना बिरामी र एक जना मृतक चलचित्रकर्मीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो ।
“हामीले यसअघि पनि आवश्यक परेकालाई सहयोग गरिरहेका छौँ । यो हाम्रो दायित्व र कर्तव्य पनि हो । चलचित्रकर्ममा लाग्नुभएकालाई आवश्यक पर्दा सहयोग गर्न नै हामीले कोषको स्थापना गरेका हौँ”, अध्यक्ष डिसीले स्पष्ट गर्नुभयो ।
उहाँका अनुसार मस्तिष्कमा रक्तस्राव भई ग्रिनसिटी अस्पतालमा उपचाररत निर्देशक सन्तोष ढकालको परिवारलाई रु एक लाख, दिवङ्गत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको काजक्रियाका लागि परिवारलाई रु ५० हजार, खुट्टा भाँचिएर आराम गरिरहेका कलाकार गोकुल सुवेदीलाई रु ४० हजार र सिरोसिस रोगबाट पीडित प्राविधिक उमेश श्रेष्ठको परिवारलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
अध्यक्ष डिसी, कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यहरु मोहन निरौला र पुष्कर लामासहितको टोलीले बिरामीहरुको निवास, अस्पताल र मृतकको किरियापुत्री भवनमा पुगेर उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको बोर्डले जनाएको छ ।