शनिवार, मंसिर ८, २०८१
Nayapaper | अनलाइन पत्रिका

सभामुख देवराज घिमिरेको क्षेत्रिय सम्पर्क कार्यालय स्थापना

बुधवार, चैत ८, २०७९

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको क्षेत्रिय सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

घिमिरे निर्वाचित हुनुभएको क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर २ को लागि बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित  कनकाई रोडमा स्थापना गरिएको कार्यालय उद्घाटन गरिएको हो ।आज बुधबार एक संक्षिप्त कार्यक्रमकाबिच सभामुख घिमिरेले सम्पर्क कार्यालयको रिवन काटेर उद्घाटन गर्नुभयो ।

 

कार्यालय उद्घाटन गर्दै उहाँले आफु सभामुखमा निर्वाचित भए पश्चात राजनैतिक दल त्याग गरेकाले क्षेत्रिय सम्पर्क कार्यालयबाट आम नागरिकको समस्या, गुनासा र विकास निर्माणका काममा सहयोग पुग्ने विश्वास व्यक्त बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका सांसद एकराज कार्कीले क्षेत्रिय सम्पर्क कार्यालयबाट सबै जनताका समस्याको समाधानका लागि पहल गरिने बताउनुभयो । उहाँले २ नम्बर क्षेत्रको विकास र समृद्धीको क्षेत्रमा कार्य गर्न सहजताकालागि सभामुख घिमिरेको क्षेत्रिय सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभयो ।

कार्यालय समुद्घाटन कार्यक्रममा कोशी प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई, नेकपा एमाले बिर्तामोड नगर कमिटी ईन्चार्ज देवराज कार्की, अध्यक्ष सुवास भट्टराई, बिर्तामोड वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित खबर