बिर्तामोड, २४ वैशाख: झापा जिल्ला सहकारी संघको नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेको छ । बुधवारदेखि समितिले पदभार ग्रहण गरेको हो । अघिल्लो कार्य समितिले पद हस्तान्तरण गरेको छ ।
राष्ट्रिय सहकारी बैँकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच पद हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष गणेश ढकालले नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद कोइरालालाई पद हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई बिजयी भएको प्रमाणपत्र पनि वितरण गरिएको छ ।




