बिर्तामोड, २४ वैशाख: कनकाई नगरपालिकालाई बाल मैत्री नगरपालिका घोषणा गरिने भएको छ । नगरपालिकाले बुधवार पत्रकार सम्मेलन गरी त्यस विषयमा जानकारी दिएको हो ।
बाल मैत्री नगरपालिका घोषणाका लागि पूरा गर्नु पर्ने सबै शर्त र मापदण्ड पूरा गरिएकाले बाल मैत्री नगरपालिका घोषणाको तयारी गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनु भयो ।
पूर्व तयारी अनुसार नगरपालिकाले बिहीवार कनकाईलाई बालमैत्री नगरको रुपमा घोषणा गर्ने कार्यक्रम छ ।




