Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अदुवा खोलामा तटबन्धन गरिने, नगर प्रमुखद्वारा शिलान्यास
बुधवार, वैशाख २४, २०८२
बिर्तामोड, २४ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अदुवा खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्ष छैठ पुजाको आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्धन गरिने भएको हो ।
योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज शिलान्यास गर्नु भयो । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय भद्रपुरको ३० लाख रुपैयाँ बजेटमा उपभोक्ता समिति मार्फत ६६ मिटर क्षेत्रमा व्यवस्थित तटवन्धन गरिने भएको जनाईएको छ । त्यसमध्ये १५ मिटर वडा नम्बर ५ को क्षेत्रमा पर्दछ ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा अहिले २ अर्ब भन्दा बढिका योजनाहरु सञ्चालन भईरहेको बताउनु भयो । उहाँले बुट्टाबारी- प्याकुरेल चोक सडक, हर्कलाल मार्ग, चन्द्रमार्ग, गोकुल जोशी मार्ग लगायतका योजनाहरु नगर, प्रदेश र संघको बजेटबाट सञ्चालन भईरहेको जानकारी दिनु भयो ।
यस्तै वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा विभिन्न कारणले लामो समयदेखि थाती रहेको तटवन्धन कार्य सुरु भएको बताउनु भयो । उहाँले उपभोक्ता समितिलाई गुणस्तरीय काम गर्न सुझाव दिनु भयो । कार्यक्रममा पूर्व सांसद विमला विक, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको पनि उपस्थिति रहेको थियो ।