सोमवार, जेठ ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

ब्राउन सुगरसहित अर्जुनधाराबाट राजवंशी पक्राउ

बिहिवार, वैशाख २५, २०८२

बिर्तामोड, २५ वैशाखः लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको अर्जुनधारा ८ का अर्जुन राजवंशीलाई बुधबार राति पक्राउ गरेको छ ।

पूर्व सूचनाका आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले दाउरा राख्ने कटेरोमा लुकाई राखेको अवस्थामा ब्राउन सुगरसहित राजवंशीलाई पक्राउ गरेको हो ।

उनको साथमा तीन ग्राम ९० मिलिग्राम ब्राउन सुगर, नौवटा एम्पुल र नगद २७ हजार ६७० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

सम्बन्धित खबर