झापा, २५ बैशाख : गिरी वन्धु चिया वगानमा काम गर्ने महिलालाई सेनेटरी प्याड नि:शुल्क वितरण गरिएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयको सहजिकरणमा आज बिर्तामोडस्थित चिया वगानमा काम गर्ने ६० जना महिलालाई प्याड वितरण गरिएको हो । यस्तै अर्जुनधारा ३ को जनता माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत १ सय जना छात्रालाई पनि सेनेटरी प्याड वितरण गरिएको छ।
कोरियन दातृ निकायसँगको समन्वयमा सेनेटरी प्याड ल्याएर वितरण गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।संक्षिप्त कार्यक्रमको आयोजना गर्दै सभामुख पत्नी टिकादेवि घिमिरेले सेनेटरी प्याड वितरण गर्नु भएको हो । उहाँले आगामी दिनमा यस प्रकारको सहयोग थप उपलव्ध गराउने बताउनु भयो । कार्यक्रममा सचिवालयका कर्मचारी, एमाले नेता बद्री भट्टराई, अम्बिर लिङ्देन लगायतको उपस्थिति रहेको थियो ।




