Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नारी सञ्चार गृहको आयोजनामा दुई दिने तालिम सुरु
शनिवार, वैशाख २७, २०८२
बिर्तामोड, २७ वैशाख : नारी सञ्चार गृह झापाको आयोजनामा ‘पत्रकारितामा नयाँ प्रविधि’ बिषयक दुई दिने तालिम शुरु भएको छ ।
आजबाट सहारा नेपालको सभा हलमा सुरु भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले गर्नु भएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले सत्य तथ्यको आधारमा सूचना प्रवाहमा जोड दिँदै नयाँ प्रविधिलाई सञ्चारकर्मीले आत्मसात गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले पत्रकारको सीप तथा क्षमता विकासमा नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले नारी सञ्चार गृहको अक्षय कोषलाई एक लाख रुपैयाँ दिने घोषणा गर्नु भयो ।
कार्यक्रममा अक्षय कोषमा सहयोग गर्ने सहारा नेपाल र पत्रकार सुनिरा मैनालीलाई सम्मान गरिएको छ । आइतबारसम्म सञ्चालन हुने तालिममा सञ्चार विज्ञ भानुभक्त आचार्यले सहजीकरण गरिरहनु भएको छ ।
उद्घाटन कार्यक्रम अध्यक्ष रेजिना रोदनको अध्यक्षतामा भएको हो ।