सोमवार, जेठ ६, २०८२
Nayapaper | अनलाइन पत्रिका

खुकुरीले हानेर श्रीमतीको हत्या

आइतवार, वैशाख २८, २०८२

बिर्तामोड २८, वैशाखः झापाको कनकाई नगरपालिकामा एकजना महिलाको हत्या भएको छ । शनिबारराति कनकाई २ सुकेडाँगी बस्ने ३४ वर्षीया पूजा हेमरनको हत्या भएको हो ।

पूजाका पति कविराज हेमरन खुकुरीले घाँटीमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरू बीच राति झगडा भएको थियो ।

श्रीमतीको हत्यापछि भागेका कविराजलाई प्रहरीले सुरुङ्गाको सडकबाट नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान सुरु गरेको छ ।
शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
सम्बन्धित खबर