शनिवार, जेठ १७, २०८२
Nayapaper | अनलाइन पत्रिका

२०८४ को चुनावमा नेकपा एमालेसँग अपमानको बदला लिन्छौः जगन्नाथ खतिवडा

आइतवार, वैशाख २८, २०८२

बिर्तामोड २८, वैशाखः नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले २०८४ को चुनावमा नेकपा एमालेसँग अपमानको बदला लिने बताउनु भएको छ ।

आफूहरू राष्ट्रिय पार्टी नहुँदा एमालेले अपमान गरेको जनाउँदै उपाध्यक्ष खतिवडाले त्यसको बदला ८४ को चुनावमा लिने बताउनु भयो ।

नेकपा एकीकृत समाजवादी झापाको दशौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष खतिवडाले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

‘बेलुन जस्तो फुलेको एमालेलाई समाजवादीको सियोले घोचेपछि के हुन्छ साथीहरू’ कार्यक्रममा खतिवडाले भन्नुभयो ।

नेता खतिवडाले कतिपय नेता कार्यकर्ता आफूले भने अनुसारको पद नपाए एमाले छँदैछ नि भनेर बसेको प्रति आक्रोश व्यक्त गर्नु भयो ।

उहाँले सहमति र सहकार्यका आधारमा नेतृत्व चयनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिनु भएको छ ।

सम्बन्धित खबर