सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा

आइतवार, वैशाख २८, २०८२

नयाँदिल्ली, २८ वैशाख: भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल गर्न बैठक बसिरहेको बताइएको छ ।
 
आणविक–सशस्त्र छिमेकी भारत र पाकिस्तानले शनिबार शत्रुताको अन्त्य गर्न आह्वान गरे र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) सचिव देवजित सैकियाले क्रिकबज वेबसाइटलाई उहाँहरूले ‘विकसित परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको’ बताउनुभएको छ ।
 
सैकियाले भन्नुभयो, “आइपिएलका सबै सरोकारवाला र सम्बन्धित सरकारी अधिकारीहरूसँग परामर्श गरेपछि आइपिएल पुनः सुरु गर्ने बारे निर्णय लिइनेछ ।” बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले भारतीय मिडियालाई भविष्यको कार्ययोजना निर्धारण गर्न आइतबार बैठक बस्ने बताउनुभएको छ ।
 
उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटलबीचको खेल रद्द भएको एक दिनपछि शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) एक हप्ताका लागि स्थगित गरिएको थियो ।
 
हवाई क्षेत्र बन्द भएकाले शुक्रबार खेलाडीहरूलाई दिल्ली फर्काउन विशेष रेलको व्यवस्था गरिएको थियो भने विदेशी खेलाडीहरू शनिबारदेखि घर फर्कन थालेका थिए ।
 
आइतबार टोलीहरूले आफ्ना विदेशी खेलाडीहरू र प्रशिक्षण स्टाफलाई फर्काउनेबारे सम्पर्क गरिरहेको रिपोर्ट गरिएको छ र इएसपिएनक्रिकइन्फो वेबसाइटले सरकारबाट अनुमति मिल्ने भए आइपिएल मे १५ को आसपासमा पुनः सुरु हुनसक्ने जनाएको छ ।
 
नियमित सिजनका १२ खेल खेल्न बाँकी छन् । त्यसपछि तीन प्लेअफ खेल र फाइनल खेल खेलिनेछन् । फाइनल खेल मूल रूपमा मे २५ मा हुने तय गरिएको थियो ।
 
भारत र पाकिस्तानले काश्मीरलाई लिएर आफ्ना तीनवटा पूर्ण–स्तरका युद्धमध्ये दुईवटा लडेका छन् । यो विवादित क्षेत्रलाई दुवैले पूर्ण रूपमा दावी गर्छन् तर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेदेखि यसका अलग–अलग भागको प्रशासन गर्दै आएका छन् ।
 
नयाँदिल्लीले बुधबार बिहान दुई हप्ताअघि भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूमाथि भएको घातक आक्रमणको जवाफमा मिसाइल आक्रमण गरेको थियो । पर्यटकमाथि भएको आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष दिएको छ ।
 
इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ ।बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ६० जनाको मृत्यु भएको छ । यो दक्षिण एसियाली यी दुई छिमेकीबीच दशकौँमा सबैभन्दा खराब हिंसा हो ।
सम्बन्धित खबर