Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
दुई दिने ‘पत्रकारितामा नयाँ प्रविधि’ तालिम सम्पन्न
आइतवार, वैशाख २८, २०८२
विर्नातामोड, २८ वैशाखः नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडमा सञ्चालित दुई दिने पत्रकारितामा नयाँ प्रविधि सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ।
बिर्तामोड नगरपालिका–२ स्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय भवनमा शनिबार र आइतबार सम्पन्न तालिममा ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिको तीव्र विकासले पत्रकारिताको ढाँचामा व्यापक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै सञ्चारकर्मीहरू एआइलगायतका नयाँ प्रविधिप्रति सचेत र अपडेट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
तालिममा आमसञ्चार विज्ञ भानुभक्त आचार्यले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। उहाले एआइ प्रविधिको मूल स्वरूप, पत्रकारितामा यसको प्रयोग, सम्भावित चुनौतीहरू र उत्तरदायित्वका बारेमा व्याख्या गर्दै सहभागीहरूसँग प्रत्यक्ष संवाद र बहस गर्नुभयो।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना रोदनले तालिमले पत्रकारितामा आबद्ध महिलाहरूसहित सबै सञ्चारकर्मीहरूलाई प्रविधिसँग अपडेट गराउने उद्देश्य राखेको बताउनुभयो। “नयाँ प्रविधिको प्रयोग र प्रभाव बुझ्न सक्ने क्षमतासहितका सञ्चारकर्मी उत्पादन गर्नु हाम्रो लक्ष्य हो,” उहाले भन्नुभयो।
तालिम बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले एआइ प्रविधिको प्रभाव र प्रयोगबारे बुझ्ने अवसर पाएको जनाउँदै आगामी दिनमा यस्ता तालिम निरन्तर हुनुपर्ने मागसमेत गरेका छन्।