आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा लेखनसीप कार्यशाला सम्पन्न

आइतवार, वैशाख २८, २०८२

बिर्तामोड, २८ बैशाख : मेलमिलापकर्ताहरुलाई न्याय सम्पादनमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालित चार दिवसीय लेखनसीप कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा लेखनसीप सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाका मेलमिलापकर्ताहरु सहभागी भएको लेखनसीपमा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेल, झापा बारका अध्यक्ष बसन्त नेपाल र अधिवक्ता कोपिला अधिकारीले सहजीकरण गर्नुभएको थियो । वडा तहसम्म रहेका मेलमिलापकर्ताहरुलाई कार्यक्रममा लिखतका प्रकार, कानुनी व्यवस्था, मस्यौदा, निवेदनको ढाँचा, लेनदेन, कारोवार, बैनाबट्टा, जाहेरी, करारनामा, संयुक्त दरखास्त, मिलापत्र र वारेनामा लगायतका लिखतहरुमा सहजीकरण गरिएको थियो ।

गत बिहीवार नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले शुभारम्भ गरेको कार्यक्रमको नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले मेलमिलापकर्ताहरुको क्षमता विकासमा नगरपालिकाले जोड दिएको बताउनुभयो । वडा तहसम्म मेलमिलापलाई प्रभावकारी बनाउन मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले मेलमिलापकर्ताहरुलाई लेखनसीप समेत प्रदान गरेपछि लिखतका समस्याहरु पनि समाधान हुँदै जाने बताउनु भयो ।न्यायिक समितिका सदस्य खडानन्द निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुको तर्फबाट लिलरुपा श्रेष्ठ, ओमभक्त सेंडाई, लक्ष्मी प्रसाद गौतम लगायतले कार्यक्रम प्रभावकारी भएको धारणा राख्नुभएको थियो । सहभागीहरुलाई प्रमुख अतिथि नगर प्रमुख प्रसाईले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सम्बन्धित खबर