Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘ऊनको स्वीटर’ ले बक्स अफिसमा सकारात्मक प्रतिक्रिया
सोमवार, वैशाख २९, २०८२
काठमाडौँ, २९ वैशाख: शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ दर्शकको राम्रो साथ पाउँदै बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ।
रिलिजको तेस्रो दिन आइतबारसम्म देशभर दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेका छन् भने दर्शकको मागसँगै चौथो दिन सोमबारका लागि थप शोहरू समेत तय गरिएको छ। सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदाले व्यापारमा अझ उछाल आउने वितरक गोविन्द शाहीले बताउनु भयो ।
चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्न सफल भएको छ। विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको यो चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गर्नुभएको हो ।