शुक्रवार, जेठ १६, २०८२
Nayapaper | अनलाइन पत्रिका

स्व. दलबहादुर विसन्केका नाममा १ लाख रुपैयाँको अक्षयकोष स्थापना

सोमवार, वैशाख २९, २०८२

बिर्तामोड, २९ बैशाख : झापाको मेचीनगर ४ बाहुनडाँगीमा रहेको मानव सेवा आश्रममा स्व. दलबहादुर विसन्केका नाममा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

बिर्तामोड ९ पटुवारी टोलबस्ने राजेन्द्र सिटौलाको घरमा लामो समयदेखि बस्दै आएका विसन्केलाई आश्रमले करिब १ महिना अघि उद्दार गरेको थियो । मृगौलालगायत विभिन्न रोगबाट ग्रसित अनाथ ९३ वर्षिय विसन्केको एक हप्ता अघि मृत्यु भएको थियो ।

सिटौलाको घरमा आश्रित रहँदा वृद्दा भत्ता वापतको १ लाख रुपैयाँ आज बिर्तामोड नगरपालिका उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको उपस्थितिमा आश्रमलाई हस्तान्तरण गरिएको हो । उप प्रमुख संग्रौला र सिटौलाले आश्रमका गंगा थापा र खगेन्द्र विश्वकर्मालाई हस्तान्तरण गर्नु भएको हो । उक्त अक्षयकोषको व्याजबाट आएको रकमलाई आश्रमको व्यावस्थापनमा खर्च गरिने नगर उप प्रमुख संग्रौलाले जानकारी दिनुभयो । आश्रममा हाल ५१ जना आश्रित रहेका छन् । सोहि कार्यक्रमका विच बिर्तामोड नगरपालिकाका सवारी चालक मानवहादुर तामाङले ३ बोरा भुजा सहयोग गर्नु भएको छ ।

 

सम्बन्धित खबर