Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
हावाहुरीले बाह्रदशीको केराखेतीमा ठूलो क्षति, ५१ लाखको नोक्सानी
सोमवार, वैशाख २९, २०८२
झापा, २९ वैशाखः हिजो साँझ आएको तीव्र हावाहुरीले झापा जिल्लाको बाह्रदशी गाउँपालिकामा रहेको केराखेतीमा ठूलो क्षति पुर्याएको छ। साँझ करिब ५:३० बजे आएको हावाहुरीले बाह्रदशी गाउँपालिका–७ स्थित बत्तीसबिघे क्षेत्रको केरा खेतीमा व्यापक नोक्सानी भएको हो।
स्थानीय १५ घरधुरीले अन्दाजी ३० बिघा जमिनमा लगाएको केराका बोटहरू हावाहुरीले ढाली क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब ५१ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
घटनापछि आज बिहान पीडित कृषकहरूले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।